लेक लागेर मृत्यु

सोलुखुम्बु, २० मंसिर
    खुम्जुङ–८ खुम्बु पासाङल्यामु–४ सगरमाथा बेसक्याम जाने क्रममा इन्टेक कम्पनी काठमाडौंबाट आएका सोलुखुम्बुको दुधकौशिका गाउँपालिका–७ बस्ने २१ वर्षीय पुर्णबहादुर राईको लेक लागेर मृत्यु भएको छ । गाइड काम गर्ने उनी मंगलबार लेक लागेर बिरामी भएपछि उपचारको लागि नाम्चे ईलाका अस्पतालमा पठाएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।