ट्रक दुर्घटनामा मृत्यु तथा घाइते

धादिङ, २० मंसिर
    गजुरी गाउँपालिका–२ मलेखुमा ना.६ ख ९०८७ नम्बरको कपडा बोकेको डिब्बा कन्टेनर ट्रक मंगलबार त्रिशुली नदीमा खस्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका चालक मकवानपुरको मनहरी–५ बस्ने २५ वर्षीय सुरेश थोकरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । घाइते भएका सोही गाडीमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय आईत पाख्रिन र सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय ठाकुरराम रुम्बालाई उपचारको लागि राजमार्ग अस्पताल मलेखु लगिएको छ ।
    दुर्घटनास्थलमा उद्धार कार्य गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।