विभिन्न धनमाल चोरी तथा लुटपाट

काठमाडौं/पर्बत, २० मंसिर
    काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित सकुबहाल हनुमान गल्ली डेरा गरी बस्ने मुकुन्द श्रेष्ठको डेराकोठाबाट सुन र चाँदीका बिभिन्न गहना र भारतीय रुपयाँ ५० हजार समेत गरी करीव ११ लाख रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ । चोरहरुको खोजी कार्य भइरहेको छ ।
    पर्बत : जलजला गाउँपालिका–४ मल्लाज बस्ने ४२ वर्षीया ईन्द्रकुमारी सिंहको साथमा रहेको नगद १ लाख रुपैयाँ र कानमा लगाएको आधा तोलाको सुनको रिङ मंगलबार लुटपाट भएको छ । म्याग्दीको बेनीमा साहुलाई पैसा बुझाउन हिँडेको अवस्थामा मल्लास्थित लामाखेत सिरनचौरको जङ्गलमा मुखमा माक्स लगाएका ३ जनाले ढुङ्गा प्रहार गरी घाइते बनाई उक्त धनमाल लुटी लगेको बताइएको छ । घाइते सिंह जिल्ला अस्पताल म्याग्दीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएकी छन् । लुटेराहरूको खोजी कार्य भइरहेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।