छुरा प्रहारबाट मृत्यु, अभियुक्तमध्ये एकजना पक्राउ

सिन्धुपाल्चोक, २० मंसिर
    बाह्रबिसे नगरपालिका–६ सोताङमा सेतीदेबी मन्दिरमा लागेको मेलामा सोताङ बस्ने र भोटेकोसी गाउँपालिका–३ बस्ने मानिसहरुबिच पुरानो रिसइबिको कारण बिबादमा झगडा भई गएराति छुरा प्रहार हुँदा बाह्रबिसे नगरपालिका–६ बस्ने २६ वर्षीय तावन तामाङको छुरा प्रहारबाट घटनास्थलमै मृत्यु भएको छ । दुबै पक्षका ८ जना घाइते भएकोले  उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।
    उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेको प्रहरी टोली खटी गई घटनामा संलग्न भोटेकोशी–३ बस्ने १८ वर्षीय बिशाल शेर्पालाई पक्राउ गरेको छ । अन्य ४ जना अभियुक्त फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।