आगलागीबाट धनमाल क्षति

सर्लाही, २० मंसिर
    बलरा नगरपालिका–११ छतौना बस्ने जोगिन्द्र सहनीको काठको घुम्ती किराना पसलमा बुधबार आगलागी हुँदा नगद  ५ लाख, किराना पसल र सरसामान समेत गरी करीव ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    उक्त आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।