विष्फोटक पदार्थ डिस्पोज गरिएको

काठमाडौं/मकवानपुर/मोरङ/स्याङजा/काभ्रेपलान्चोक/कैलाली, २० मंसिर
    काठमाडौं : तारकेश्वर नगरपालिका–१० मनमैजुमा बुधबार फेला परेको प्रेसरकुकर बम महानगरीय प्रहरी वृत्त वालाजुको प्रहरी तथा नेपाल प्रहरीको कुकुर शाखाको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
    मकवानपुर : हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित भित्री सडक छेउमा तार र टेपले बेरेको अवस्थामा बुधबार फेला परेको सुतली बम वडा प्रहरी कार्यालय हेटौंडाको समन्वयमा नेपाली सेनाको नयाँ सबुज गण सुपारीटार ब्यारेक हेटौंडाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
    मोरङ : कानेपोखरी गाउँपालिका–६ बिहीबारे बजारमा बुधबार फेला परेको सकेट बम ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोली र नेपाली सेनाको निर्वाचन सुरक्षाबेस कानेपोखरीको बम डिष्पोज टोलीले डिस्पोज गरेको छ । साथै सोही स्थान नजिक पौडेल चोकमा फेला परेका शंकास्पद बस्तु समेत सोही टोलीले डिस्पोज गरेको छ ।
    स्याङजा : पुतलीबजार नगरपालिका–४ फुलबारीस्थित कच्ची बाटोमा बुधबार फेला परेको विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
     यसैगरी स्याङजाकै अर्जुनचौपारी गाउँपालिका–३ चिसापानी डाँडामा ढुङगामाथि कागजले बेरिएको र तार बाहिर देखिएको अवस्थामा बुधबार फेला परेको विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
    काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबजार पिपलबोटस्थित हरियो प्लाष्टिकले बेरेर राखेको अवस्थामा बुधबार फेला परेको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
    कैलाली : लम्कीचुहा नगरपालिका–२ स्थित चौरमा रहेको सिमलको रुखमुनी प्लाष्टिकमा बेरेर राखेको अवस्थामा बुधबार फेला परेको प्रेसरकुकर बम ईलाका प्रहरी कार्यालय लम्कीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
    विष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।