मृत अवस्थामा फेला

चितवन/कपिलबस्तु/मकवानपुर/तनहुँ, २१ मंसिर
    चितवन : ईच्छाकामना गाउँपालिका–३ कुरिनटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन खुल्न नसकेकी करीव ३० वर्षीया महिलाको शव बुधबार फेला परेको ।
    कपिलवस्तु : महाराजगंज नगरपालिका–१ पल्टा बस्ने २८ वर्षीया ललिता कुर्मी उनकै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । उनको मृत्यु शंकास्पद देखिएकोले अनुसन्धानको लागि उनका पति शिवकुमार कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    मकवानपुर : हेटौंडा उपमहानगरपालिका–९ त्रिबेणीनगर चौधघरेस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३७ वर्षीया सपना लामा बुधबार मृत अवस्थामा फेला परेकी छन् । अत्यधिक मात्रामा मादक पदार्थ सेवनको कारण उनको मृत्यु भएको बुझिन आएको छ ।
    यसैगरी मकवानपुरकै भिमफेदी गाउँपालिका–८ थापलाङ बस्ने ५२ वर्षीय बुद्धिलाल भोलन सोही ठाउँस्थित कच्ची बाटोमा आफैले बोकेको हँसियाले टाउकोमा काटेर मृत्यु भएको अबस्थामा बुधबार फेला परेका छन् ।
    तनहुँ : रिसिङ गाउँपालिका–६ चालिसेमा पुरानो रिसिङ बस्ने ५५ वर्षीय कृष्णबहादुर आले बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।