खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ

काठमाडौं, २१ मंसिर
    दक्षिणकाली नगरपालिका–८ छैमले भण्डारखर्क चोकमा सोही ठाउँ डेरा गरी बस्ने २३ वर्षीय बिष्णुकुमार वाईवालाई खुकुरी प्रहार गरी घाइते बनाउने सोही ठाउँ बस्ने ४५ वर्षीय गोपाल वाईवालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामान्य बिषयमा विवादको कारण खुकुरी प्रहार गर्दा बायाँ गालामा चोट लागेर घाइते भएका वाइवालाई उपचारको लागि मनमोहन स्मृति अस्पताल फर्पिङ लगिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।