Web Section, Geographic Information System (GIS) Section, System/Network and Hardware Maintenance Section

Web शाखा

यस शाखाले विभिन्न प्रहरी कार्यालयहरुबाट आवश्यकता अनुसार माग भए बमोजिमको Website तथा Web Based Application हरूको गहन अध्ययन पश्चात तिनको निर्माण तथा update गर्नुको साथै उक्त: website र application संबन्धि तालिम समेत प्रदान गर्ने गरेको छ। यसको साथै सूचनामुलक सामाग्रिहरु अद्यावधिक गर्ने कार्य पनि यस शाखाबाट गर्ने गरिन्छ ।

यस शाखाबाट हाल सम्म निर्माण भएका Website हरू:

यस शाखाबाट हाल सम्म निर्माण भएका Web Application हरू:

  • nepol.cd (नेपाल प्रहरीको Intranet)
  • Online DIRS
  • Online PMIS
  • Online Hajiri Mgmt System

GIS शाखा

यस निर्देशनालयमा स्थापना भएको GIS शाखाबाट आवश्यकतानुसारको दैनिक कार्य सम्पादन गर्दै आएको र हाल उक्त शाखाबाट संगठनको कार्यमा टेवा पु्र्‍याउने अभिप्राय स्वरुप प्रहरीलाई आवश्यक पर्ने Topography तथा Operation नक्सा A0 साइजमा प्रिन्ट गरि प्रदान गरिदै आएको छ। नेपालका पाँचै विकाश क्षेत्रका सम्पूर्ण प्रहरी कार्यालयहरु एकिकृत गरी Base data बनाईएको छ। यसको साथ-साथै प्र.प्र.का. अन्वेषण योजना महाशाखा मार्फत हालसम्म प्राप्त हुन आएका जिल्लाका Static Map का सामान्य त्रुटीहरु Update गर्ने कार्य समेत गर्ने गरेको छ।

System / Network and Hardware Maintenance शाखा

विभिन्न प्रहरी कार्यालयहरुबाट मर्मतार्थ यस निर्देशनालयमा प्राप्त हुने कम्प्यूटर र सो संग सम्बन्धित उपकरणहरु यस निर्देशनालयका प्राबिधिकहरुबाट मर्मत गर्ने कार्य नियमित रुपमा भई रहेको, सो को अलावा प्रहरी प्रधान कार्यालय परिसर लगायत अन्य कार्यालयहरुमा देखा पर्ने नेटवर्किङ्ग समस्याहरु सम्बन्धमा यस निर्देशनालयका प्राबिधिकहरुले स्थलगत रुपमै समाधान गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

Command Center

बि.सं. २०६४ सालमा संबिधान सभाको चुनाव अगावै निर्वाचन आयोग, गृह मन्त्रालय तथा नेपालका सुरक्षा संयत्रहरु (नेपाल प्रहरी र सशस्त्र प्रहरी) बीच सूचना आदान प्रदान गर्न सजिलो होस भन्ने हेतुले दातृ निकायको सहयोगमा छुटै प्राईभेट कम्प्युटर नेटवर्क स्थापना गर्न यस परियोजनाको थालनी भएको थियो। तर उपयुक्त परियोजना तर्जुमा नहुनु लगायत आवश्यक श्रोत साधन तथा जनशक्तिको अभावमा सो परियोजना केही सामान खरिद भएता पनि संचालनमा आउन सकेको थिएन।

कमाण्ड सेन्टर नेटवर्क अन्तर्गत आबद्ध देशभरका प्रहरी कार्यालयहरु

बि.सं. २०६६ सालको मध्यतिर पुन: दातृनिकाय द्वारा नेपाल प्रहरीलाई सो परियोजना संचालनमा ल्याउन आग्रह गरे पश्चात नेपाल प्रहरी कम्प्युटर निर्देशनालयले यस सम्बन्धि अध्ययन थालेको थियो। सोही अनुरुप उक्त परियोजना संचालनार्थ आवश्यक श्रोत साधन तथा जनशक्तिको पहिचान गरि नेपाल प्रहरी अन्वेषण योजना निर्देशनालय मार्फत दातृ निकाय समक्ष पेश गरिएको थियो । जसमा नेपाल प्रहरी नेटवर्कको संरचना, थप साधनहरुको आवश्यकता (High-end Routers/Switches/Firewall/Storage Devices/Servers), नेटवर्क संचालनार्थ आवश्यक जनशक्ति बिकास गर्न चाहिने तालिम, नेटवर्क लिकं व्यवस्थापन गर्न ISP संगको सम्झौता, नेटवर्क संचालन पश्चात नेपाल प्रहरी द्वारा प्रयोगमा ल्याईने सफ्टवेयरहरुको बिस्तृत विवरण लगायत कमाण्ड सेन्टरको स्थापना जस्ता कुराहरु समावेश गरिएको थियो।
सो परियोजना पत्रमा दातृ निकायको सहमति भए पश्चात बि.सं. २०६६ सालको मध्यतिर यस परियोजनाको कार्य थालनी भई बि.सं. २०६७ साल जेष्ठ २६ गतेबाट बिधिवत शुभारम्भ भएको थियो।

कमाण्ड सेन्टर प्रथम तथा द्धितिय चरण:

प्र.प्र.का. अन्तर्गत कमाण्ड सेन्टर

शुरुवातमा कमाण्ड सेन्टर महानगरिय प्रहरी आयुक्तको कार्यालय, ३ परिसर, ५ बृत, अन्तराष्ट्रिय बिमानस्थल, ५ क्षेत्रिय प्रहरी कार्यालय लगायत तराईका ६ जिल्ला प्रहरी कार्यालय तथा २ ट्राफिक प्रहरी कार्यालयहरु गरि देश भरका २४ वटा प्रहरी कार्यालयहरुमा नेटवर्किंङ गरि स्थापना भएको यस परियोजनामा ईमेल, इन्टरनेट, इन्ट्रानेट, बिभिन्न प्रहरी सफ्टवेयर लगायत Internet Telephony सुबिधाहरु प्रदान गरिएको थियो। कमाण्ड सेन्टर नेटवर्कको स्थापनाबाटनै नेपाल प्रहरीमा पेपरलेस अवधारणाको शुरुवात भएको थियो ।
प्रथम चरणको सफलताबाट उत्साहित भई बिदेशी दातृ निकायले यस परियोजनामा थप प्रहरी कार्यालयहरु आबद्ध गर्न सहयोग गर्‍यो । जस अन्तर्गत बि. सं. २०६८ सालमा द्धितिय चरणमा पुन: १९ वटा नयाँ प्रहरी कार्यालयहरु आवद्ध गरि हाल सम्म कुल ४३ वटा प्रहरी कार्यालयहरुमा सो नेटवर्क बिस्तार गरिएको छ। द्धितिय चरणमा ५ प्रहरी तालिम केन्द्रहरु, ट्राफिक प्रहरी निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, बिधिबिज्ञान प्रयोगशाला, नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण कार्यालय, प्रति आतंकबाद नियन्त्रण निर्देशनालय, केन्द्रिय अनुसंधान ब्युरो तथा तराईका बाँकि जिल्ला प्रहरी कार्यालयहरु रहेका छन्। द्धितिय चरणमै I2 Intelligence System नामक अत्याधुनिक अपराध अनुसंधान तथा सफ्टवेयर समेत संचालनमा ल्याईने भएको छ ।

नेपाल प्रहरी कमाण्ड सेन्टर नेटवर्कका सुबिधाहरु:

  1. Internet Facility / Nepalpolice E-mail
  2. Intranet Facility
  3. Daily Incident Reporting System (DIRS)
  4. Document Management System (DMS)
  5. Personnel Management Information System (PMIS)
  6. Crime and Criminal Information System (CCIS)
  7. Hajiri Management System
  8. File Server
  9. Internet Telephone
  10. Video Conferencing

नेपाल प्रहरी कमाण्ड सेन्टर नेटवर्कका फाईदाहरु:

कमाण्ड सेन्टरको शुरुवातसंगै नेपाल प्रहरीका बिभिन्न कार्यालयहरुको कार्यशैलीमा थुप्रै परिवर्तन आएका छन्। बिभिन्न कार्यालयहरुमा पुरानै ढर्राबाट कार्य संचालन गर्दा सानो काम गर्न पनि थुप्रै समय लाग्ने तथा आम जनताले सास्ती खेप्नु पर्ने समस्याहरु निक्कै हद सम्म हल भएका छन्।
बिभिन्न कार्यालयहरुका बिचमा आदानप्रदान हुने सूचना छिटो छरितो तथा सुरक्षित तवरले पठाउन सकिने भएको छ। डकुमेन्ट म्यानेजमेन्ट प्रणालीको प्रयोग पश्चात कार्यालयका महत्वपूर्ण कागजपत्रहरु कम्प्युटरमा भण्डारण गरिएका छन्। कागजपत्रहरु किराले खाने वा नष्ट भई जाने जस्ता समस्याहरु समाधान भएका छन्। साथै पोको पारेर राखेका कागजातहरु खोज्न लाग्ने समय तथा पत्र नभेट्टिने जस्ता समस्याहरु यस प्रणालीको प्रयोगबाट हल भएका छन्। कतिपय पत्र मार्फत गरिने कार्यहरु ईमेल मार्फतनै हुन थालेका छन्।
सूचना छिटो छरितो हुनेमात्र नभई नेपाल प्रहरीले स्टेशनरी सामान तथा टेलिफोन/Fax लगायतका लागि छुट्याउने बजेटमा समेत कमी आएको छ। जसका कारण पत्र प्रीन्ट गर्न लगायत सम्बन्धित कार्यालयमा पु्र्‍याउन लाग्ने खर्च तथा समयको बचत भएको छ।
हाल प्रयोगमा रहेका बिभिन्न प्रहरी सफ्टवेयरका कारण प्रहरी कार्यालयका दैनिक कामकाजहरु निक्कै सजिलो भएका छन्। दैनिक घटना जाहेरी प्रणालीको प्रयोगले देशभरका घटना बिवरणहरु तुरुन्तै सम्बन्धित निकाय तथा प्रधान कार्यालयबिच सूचना आदान प्रदान गर्न सकिने भएको छ। PMIS मार्फत प्रत्येक प्रहरी कर्मचारीहरुले आफु सम्बन्धित बिबरणहरु हेर्न सक्ने ब्यवस्था गरिएको छ ।