नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ
२०७८-११-२३
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-८ स्थित सडकबाट बाग्मती नगरपालिका-११ पुतली चोक बस्ने १७ वर्षीय किशोर र सोही ठाउँ बस्ने १९ वर्षीय मेघ बहादुर मगरलाई नियन्त्रित लागूऔषध ६ सय ट्याब्लेट नाईट्राभेट र १६ पिस स्पास ट्राक्यान प्लास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा किशोरको साथबाट ३ सय ट्याब्लेट र मेघ बहादुरको साथबाट ३ सय ट्याब्लेट नाईट्राभेट र स्पास ट्राक्यान प्लास फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।