धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ
२०७८-११-२६
- A
- A-
- A+
म्याग्दी, अन्नपूर्ण गाउँपालिका-३ दाना सुवा बस्ने २६ वर्षीय राम पुर्जालाई धारिलो हतियार दाउ प्रहरी गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय दुर्गा पुनलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाले दाउ प्रहार गर्दा राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।