चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०३
- A
- A-
- A+
सप्तरी, चोरी मुद्दाका फरार प्रतिवादी राजबिराज नगरपालिका-६ बस्ने २५ वर्षीय श्याम बाबु साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सप्तरीको २०७६ जेठ १५ गतेको फैसलाले उक्त मुद्दामा १ महिना ४ दिन कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनको खोजी गर्ने क्रममा आफ्नै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ ।