प्रतिबन्धित औषधि ट्रामाडोल सहित पक्राउ
२०७८-१२-०४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट १ हजार ६ सय ट्याब्लेट प्रतिबन्धित औषधि ट्रामाडोल सहित नवलपरासी सुस्ता गाउँपालिका-५ बस्ने १८/१८ वर्षीय २ जना किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ८२६३ नम्बरको बसलाई नागढुङ्गा चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भुजाको बोराभित्र लुकाई ल्याएको उक्त औषधि सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि औषधि ब्यवस्था बिभाग बवरमहलमा पठाइएको छ ।