बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०६
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका-२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णश्वरबाट पक्राउ गरेको हो । धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएकोमा चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।