जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-१२-०७
- A
- A-
- A+
ललितपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका-२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका-४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका-२१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।