बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०८
- A
- A-
- A+
सुनसरी, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हरिनगर गाउँपालिका-१ बस्ने ३६ वर्षीय सम्सेर आलमलाई प्रहरीले ३ बर्षपछि पक्राउ गरेको छ ।
उच्च अदालत बिराटनगरको २०७५ फागुन २७ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद र ७१ लाख ९० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले झुम्का कारागार कार्यालय पठाइएको छ ।