अवैध लागूऔषध सहित पक्राउ
२०७८-१२-१०
- A
- A-
- A+
रुपन्देही, रोहीणी गाउँपालिका-२ पिखरभिण्डीबाट नियन्त्रित लागूऔषध ४४ पिस डाइजेपाम, ४४ पिस फेनारगन र ४४ पिस नुर्फिन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ३२ वर्षीय कामुदिन पठान र चितवन भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३३ वर्षीय शंकर लामा रहेका छन् । भगवानपुरदेखि धकधईतर्फ पदैल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।