प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चाँदीको गहना लुटपाटमा संलग्न ४ जना पक्राउ

२०७८-१२-१३

  • A
  • A-
  • A+
Share

मोरङ, बेलवारी नगरपालिका-४ बेतना सिमसार क्षेत्रमा चाँदीको गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-३ बस्ने २५ वर्षीय सबिन बिश्वकर्मा, महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने ३४ वर्षीय मनोज ठाकुर, उदयपुर रौतामाई गाउँपालिका-६ बस्ने २४ वर्षीय बिशाल बिक र सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय बादल बिक रहेका छन् ।

गत चैत ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबासतर्फ लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले लुटपाटमा संग्लग्नमध्ये उनीहरूलाई चाँदीका गहना सहित पक्राउ गरेको हो । 

साथै घटनामा संग्लग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।