प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८-१२-१७

  • A
  • A-
  • A+
Share

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका-२१ पटेलनगर बस्ने ४० वर्षीय रबिन्द्र पटेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत पर्साको २०७१ असार १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना २२ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१४ गण्डकबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१९

कैलाली, लम्कीचुहा नगरपालिका-५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेटोईन जस्तो देखिने डल्लो पदार्थ सहित टिकापुर नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लु.८३ प २९८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ४ सय ४९ बोतल विनिसिरेक्स कफ सेरूप सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन् । ना.५ ख ३९९० नम्बरको बस चाँच गर्नेक्रममा बसका चालक उमेश र सहचालक राज कुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०३-१९

काठमाडौं,  ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भएका ३६ वर्षीय अमर बहादुर खडकालाई शनिबार दिउँशो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदलात कैलालीको २०७८ चैत ८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद तथा १५ हजार जरिवान र ६५ लाख क्षतिपूर्ति भराइ दिने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

१७ जना प्रहरी नायव महानिरीक्षकहरु दर्ज्यानी चिन्हबाट सुशोभित
२०७९-०३-१९

काठमाडौं, नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्दै प्राप्त जिम्मेवारीउपरको कार्यसम्पादनमा खरो रूपमा उत्रनुपर्ने बताउनुभयो । साथै उहाँले पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने वाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गएको स्थानीय तहको निर्वाचनमा प्रहरीको व्यावसायिकताको कारण प्रहरी धन्यवादको पात्र बनेको उल्लेख गर्दै आउँदा दिनहरूमा समेत थप व्यावसायिक र संवेदनशील भई जिम्मेवारी पूरा गर्न दत्तचित्त हुनुपर्ने उहाँले बताउनुभयो ।साथै प्रहरी महानिरीक्षक सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गर्नुभएकी नेपाल पुलिस क्लबमा आवद्ध टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभयो ।   उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले  कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैर व्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशिलता अपनाउँदै सांगठनिक लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०७९-०३-१९

काठमाडौं महानगरपालिका-६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाशराज सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-४ घर भएका ४५ वर्षीय  प्रकाशराज प्रसाईको उक्त होटलमा जुवा खेलीरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित रातामाटा होटलबाट जुवातास खेलिरहेको अवस्थामा सल्यान शारदा नगरपालिका-११ घर भएका ३५ वर्षीय सेती राम बुढाथोकी लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ८५ रूपैयाँ र १ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१० बस्ने कान्छा भन्ने अम्मर बहादुर गोलेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ४९ वर्षीय मिन बहादुर मगर लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ४ सय ५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१९

कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित म्याग्दी मालिका गाउँपालिका-६ दर्बाङ बस्ने ३८ वर्षीय गंगा पुर्जालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ३५२५ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनको झोलाबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  मकवानपुर, राक्सिराङ गाउँपालिका-५ कुत्तासिङबाट करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पर्सा पकाहामैनपुर गाउँपालिका-८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चैनपुरबाट मनहरीतर्फ आउँदै पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-१ हात्तीसारको मोडबाट करिब ३ किलो ५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने धुलो पदार्थ सहित जाजरकोट नलगाड नगरपालिका-३ बस्ने २५ वर्षीय गोपाल रोकायलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भे.७ प ८६७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गोपालको झोलामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल सहित फरार मोटरसाइकल चालक जाजरकोट नलगाडा नगरपालिका-३ बस्ने २५ वर्षीय मेख राज बिष्टको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०७९-०३-१९

काठमाडौं, संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने २ थान आखेटोपहार सहित अर्घाखाँची पाणिनी गाउँपालिका-२ बस्ने ५३ वर्षीय हरिओम रसाइली र रूपन्देही बुटवल उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय भजिन्द्र दर्जीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको   छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी, नयाँबस्तीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाईएको छ ।