अवैध लागुऔषध सहित पक्राउ
२०७८-१२-२४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २४ ट्याब्लेट सहित झापा दमक नगरपालिका-१० बस्ने २२ वर्षीय जोनसन राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०३-००१ ख २०० नम्बरको बसलाई महानगरीय प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेची पुलबाट करिब ८० ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ घर भएका २५ वर्षीय राजिव रायमाझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।