मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७८-१२-२९
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर नगरपालिका-१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् । चोरी गरी भाग्दै गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।