अवैध लागुऔषध सहित पक्राउ
२०७९-०१-०२
- A
- A-
- A+
बारा, कोल्हबी नगरपालिका-१ तामागढी सिम्रैनगढबाट नियन्त्रित लागुऔषध १५ पिस नाईट्राभेट, १० पिस नाईट्राजेपाम र १ ग्राम ७६ मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका-६ बस्ने २६ वर्षीय मनिष आले र पर्सा वीरगंज महानगरपालिका-१५ बस्ने २४ वर्षीय ईद मिया रहेका छन् । कोल्हबीबाट निजगढतर्फ जाँदै गरेको ग.१६ प ५६० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।