अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-०५
- A
- A-
- A+
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट प्रोक्सिवेल, ८ ट्याब्लेट स्पास्मो प्रोक्सिभोन र ३ ट्याब्लेट नाइट्राभेट सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय करण पुन मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ भन्सार गेट छेउबाट नियन्त्रित लागूऔषध ६ एम्पुल डाइजेपाम, ६ एम्पुल फेनारगन र ६ एम्पुल लुपिजेसिक सहित बिर्तामोड नगरपालिका-५ बस्ने २८ वर्षीय सोम बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।