भन्सार छली गरी ल्याएको सामान र गाडीसहित १ जना पक्राउ
२०७९-०१-०८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा ना.६ ख ४३ नम्बरको ट्रकमा भन्सार छलि ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु फेला पारी ट्रकका चालक चितवन कालिका नगरपालिका-१ घर भएका २८ वर्षीय तस्विर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा भन्सार छलि ल्याएको उक्त सामानहरू फेला पारी तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।