अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-१२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय एम्पुल डाइजेपाम, ४ सय एम्पुल फेनारगन, ४ सय एम्पुल नुफिन र ४ सय एम्पुल तरल पदार्थसहित धनुषा जनकनन्दनी गाउँपालिका-२ घर भएका २३ वर्षीय हेमन्त यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.१ प १२३२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बरगाछी चोक बस्ने ३० वर्षीय रेगन राईलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको साथबाट नियन्त्रित लागूऔषध ३ एम्पुल डाइजेपाम, ३ एम्पुल फेनारागन, ३ एम्पुल लुपिजेसिक, १ थान खाली सिरिन्ज, २ थान मोबाईल, नगद ७ हजार ३ सय ७५ रुपैयाँ तथा उनको कोठाबाट करिब ८ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो, २ ग्राम ४३ मिलिग्राम चरेस जस्तो देखिने डल्लो र ५० ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।