जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०१-१५
- A
- A-
- A+
रूकुम पूर्व, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुथाउत्तरगंगा गाउँपालिका-१ मैकोट बस्ने २९ वर्षीय तिर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्याना पातल जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।