सालकको खपेटा जस्तो देखिने बस्तु सहित २ जना पक्राउ
२०७९-०१-१८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ बाफल स्युचाटार पुल नजिकबाट करिब २ केजी ५ सय ४२ ग्राम तौल भएको सालकको खपेटा जस्तो देखिने बस्तु सहित बुढानिलकण्ठ नगरपालिका-८ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-४ घर भएका ३४ वर्षीय जयराम तामाङ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा सालकको खपेटाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।