बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ
२०७९-०१-२१
- A
- A-
- A+
भोजपुर, ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुरुपयोग गरेको भन्ने किटानी जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।