प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुनौलो रंगको कछुवा सहित पक्राउ

२०७९-०१-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १ थान सुनौलो रंगको कछुवा सहित काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका-८ घर भएका २३ वर्षीय आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री तथा ओसारपसार गरी ल्याई नगद  २० लाख रुपैयाँमा कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ
२०८०-०९-०४

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बिरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरु नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २.५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ डाडाकुटी बस्ने २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र १९ वर्षीय रुप लाल बिश्वकर्मा रहेका छन्  । उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरु नभएका अवैध सुनका गरगहनाहरु बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४  थान गरी जम्मा उक्त तौलको धातु फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ । 

अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ
२०८०-०८-२६

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेकी उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा १ सय दरको १ सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५ सय अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

नक्कली नोटसहित दुई जना महिला पक्राउ
२०८०-०८-०५

काठमाडौं, नक्कली नेपाली रूपैयाँसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद भएको छ । सिर्जना र कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले  कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनजस्तो देखिने पहेंलो धातुसहित पक्राउ
२०८०-०८-०५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भंसार कार्यालय सिनामंगल बुझाइने छ । रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको १२ तोला तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिका-५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाइकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् । सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ३ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।