हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०१-२४
- A
- A-
- A+
बैतडी, डिलाशैनी गाउँपालिका-७ मनकुडा बस्ने २८ वर्षीय श्याम बहादुर ऐरको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय बीरेन्द्र बहादुर ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खानेपानीको बिषयलाई लिएर बीरेन्द्रले बाउसो प्रहार गर्दा श्याम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धामिगाउँ र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते श्यामको स्थानीय स्वास्थ्य चौकी हुँदै गोकुलेश्वर अस्पताल दार्चुलामा थप उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।