एक थान भरुवा बन्दुक सहित पक्राउ
२०७९-०१-२७
- A
- A-
- A+
रुकुम(पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-१४ पोबाङ बस्ने ४० वर्षीय चन्द्र बहादुर कामीलाई एक थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लोड गरिएको अवस्थामा रहेको वन्दुक बोकी जंगलबाट घरतर्फ फर्कंदै गरेका चन्द्र बहादुरलाई सोही ठाउँस्थित सिद्वमण्डली माध्यमिक विद्यालय राङसीको मतदान स्थलमा खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।