जुवातास खेलिरहेको अवस्थामा पक्राउ
२०७९-०२-०५
- A
- A-
- A+
काठमाडौं,कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव हजुरकोधारास्थित नमस्ते खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रौटहट चन्द्रपुर नगरपालिका-१ घर भएका ४३ वर्षीय नारायण प्रसाद धितालको उक्त खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्राभाग काँडाघारीबाट खटिएको प्रहरीले फेला पारी नगद ५३ हजार ८ सय ६० रुपैयाँ र तीन बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।