अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-०८
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकबाट जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय चेत राम सोनीलाई करिब १ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले चेत रामलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-५ घिउखानीस्थित सडकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिजय थिङलाई करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।