नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-०९
- A
- A-
- A+
मकवानपुर, हेटौडा उपमहानगरपालिका-१ राप्तिरोडबाट नियन्त्रित लागूऔषध एक सय एमएलको ३३ बोतल वनरेक्स सहित सोही ठाउँ बस्ने गढी गाउँपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण लोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रामकृष्णले लागूऔषध बेचबिखन गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।