अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-१०
- A
- A-
- A+
नवलपरासी(पूर्व), कावासोती नगरपालिका१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध ७८ एम्पुल नुर्फिन, ७८ एम्पुल डाइजेपाम र ७८ एम्पुल फेनारगन सहित कास्की पोखरा उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय दिनेश विकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लु.२ ख २१३४ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पश्चिम), प्रतापपुर गाउँपालिका-७ सूर्यापुराबाट १ ग्राम ३ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) बिनय त्रिवेणी गाउँपालिका-६ बस्ने २७ वर्षीय सुरज कार्की र सोही ठाउँ बस्ने २५ वर्षीय सुरज कुमार नउई रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको डीएल १० एसजी ०८४६ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक कार्की र मोटरसाइकलमा सवार नउइलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।