प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७९-०२-११

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक गणेश मन्दिर नजिक बस्ने ४४ वर्षीय रामजी अवालको सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा अवाल समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रिसोर्टमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाम सूर्यदय नगरपालिका-१० बस्ने ३० वर्षीय दिल कुमार श्रेष्ठ लगायत ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ
२०८१-०१-०९

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।