अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-१२
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिकबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र स्पास २ क्याप्सुल सहित सोही उपमहानगरपालिका-३ चटकपुर बस्ने २३ वर्षीय केशव महरा समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।