जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१२
- A
- A-
- A+
काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ठेगाना भएका ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित गेष्ट हाउसमा पु-याई स्कूल रेष्टिकेट गरिदिने भनी धम्क्याई जबरजस्ती करणी गरेपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्राप्त भएपछि उनी फरार रहेका थिए ।
काठमाडौं टोखा नगरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ ।