जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०७९-०२-१४
- A
- A-
- A+
भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित रामेछाप सुनापती गाउँपालिका-५ घर भएका ५० वर्षीय मान बहादुर योञ्जनको रुपाकोटी खाजा होटलमा तास खेलिरहेको अवस्थामा योञ्जन सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।