अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-१४
- A
- A-
- A+
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका-३ बस्ने २१ वर्षीय राजन शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।