स्रोत नखुलेको भारतीय नगद सहित पक्राउ
२०७९-०२-१५
- A
- A-
- A+
महोत्तरी, सम्सी गाउँपालिका-६ स्थितबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत पानावेला ग्रामपञ्चायत-१३ बस्ने २२ वर्षीय जिशान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सवारी साधन चेकजाँच गर्ने क्रममा शेखलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।