बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१६
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-८ लिवाली बस्ने रामेछाप सुनापाती गाउँपालिका-५ ठेगाना भएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुस २ गतेको फैसलाले ३ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरी फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ नालाबाट पक्राउ गरेको हो ।
मानन्धरले २०७७ मंसिर १८ गते आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको खाताहरुबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।