चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-१८
- A
- A-
- A+
रोल्पा, चोरीमा संलग्न रहेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रुन्टिगढी गाउँपालिका-५ हापखोलास्थित विवाहमा आएका ती किशोरले सोही विवाहमा आएकी एक महिलाको घाँटीमा लाएको तिलहरी चुडाई लिएको र दुलहाले चार्जमा राखेको रेडमी कम्पनीको मोबाइल समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजी गर्ने क्रममा प्रहरी चौकी दुईखोली दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै सोधपुछको लागि ती किशोरको मामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।