प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कम्प्यूटर स्रोत संकेत चोरी गरी वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई हानी नोक्सानि पुर्‍याउने पक्राउ

२०७९-०२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, सोर्स कोड (कम्प्यूटर स्रोत संकेत) चोरी गरी वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई हानी नोक्सानी पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालिका संचालक तनहुँ भिमाद नगरपालिका-१ किहुं ठेगाना भएका ३५ वर्षीय सन्तोष सिग्देललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

“राजस्व व्यवस्थापन” नामक सफ्टवयेरको सोर्स कोडमा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी निवेदकको वौद्धिक सम्पत्तिमा आघात पुर्‍याई आर्थिक लाभ लिने मनसायले नेपालका केही स्थानीय तहहरूमा उक्त सफ्टवेयर बिक्री गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको  छ ।



सम्बन्धित समाचार
अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ
२०८०-१२-१८

पर्सा, अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिन हुनान ठेगाना भएका ३३ वर्षीय LIU GUI CAI तथा चिन हुवेई ठेगाना भएका २६ वर्षीय WANG BOHAN र ३६ वर्षीय XIANG XIAO रहेका छन् । अनलाईन लटरी, सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निगरानी गर्ने क्रममा उनीहरूलाई पर्साका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । साथै वीरगंज महानगरपालिका-१५ स्थित उनीहरूले भाडामा लिएको घरबाट कम्प्युटर सीपीयु १ सय २० थान, मनिटर १ सय १८ थान, राहदानी ३ थान, मोबाइल ३५ थान, भारतीय Geo Sim card १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान,  बैंक एटीएम कार्ड ३ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाईफाई राउटर २ थान, मिनी इनभर्टर २ थान, गाडी १ थान, मोटरसाइकल १ थान र मलेशियन मुद्रा ३७ रिंगिट, ४३ हजार नेपाली रूपैयाँ र कम्बोडियन मुद्रा ३ हजार ५ सय प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
२०८०-१२-०६

काठमाडौं, क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् । विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

सामाजिक संजालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-११-२०

  काठमाडौं, सामाजिक संजाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्खुपाखा बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भएका २२ वर्षीय सुमन खत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने साथै निज नाबालिका तथा उनकी दिदी र साथीहरूलाई अश्लिल तस्विर, भिडियो फेसबुक म्यासेन्जरमा पठाई दु:ख, हैरानीका साथै चरित्र हत्या समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा सुमनको संलग्नता खुल्न आएपछि उनलाई ठमेलबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-११-१०

काठमाडौं, सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको र सम्बन्ध विग्रिएपछि पीडकले उक्त फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनीलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१६

काठमाडौं, सामाजिक संजाल यु-ट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-४ आँगाटार बस्ने सिरहा लहान नगरपालिका-२४ स्थायी वतन भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल यु-ट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका थप २ जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  यसअघि आइतबार सोही अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाएको थियो ।