अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-२०
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३० पियू चोकबाट नियन्त्रित लागू औषध २८ एम्पुल फेनरागन, २८ एम्पुल नुर्फिन, २८ एम्पुल डाईजोपाम र २ थान मोबाईल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-३० ढुङ्गे पाटन बस्ने ३० वर्षीय विष्णु पुन र पर्सा विरगंज महानगरपालिका-२० बस्ने ३२ वर्षीय तीर्थ नारायण शाह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको ग.१७ प ५७७१ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।