ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-२०
- A
- A-
- A+
काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-४ बस्ने ४८ वर्षीय जिवन कुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले बिगो रकम १ करोड १९ लाख ८४ हजार ५ सय रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ नयाँबजारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।