लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-२४
- A
- A-
- A+
बाँके, लेनदेन मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका-२ बस्ने ४५ वर्षीया अनिता देवी बानियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०५६ वैशाख ६ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।