अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०२-२६
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-७ स्थित सडकबाट ४ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५७० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।