प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०७९-०२-२८

  • A
  • A-
  • A+
Share

ईलाम, माइजोगमाई गाउँपालिका-२ पिप्लेडाँडा बस्ने ३० वर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।