प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरण गरी बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

२०७८-०६-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, २०७८ असोज १९ गते

चन्द्रागिरी नगरपालिका-३ थानकोट डेरा गरी बस्ने एक महिलालाई जबरजस्ती डरत्रास देखाई अपहरण गरी भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित घरमा बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बस्ने ३७ वर्षीय धिरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बस्ने २९ वर्षीया रसिला अवाल रहेका छन् । 

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पीडित महिलालाई बन्धक बनाई राखेको रसिलाको घरबाटै उद्धार गर्नुका साथै घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।   

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।